प्रधानमन्त्री ओलीसँग चीन शसंकित ?

त्यक्ति उत्साहित नबन्दै फर्किए चिनीयाँ रक्षामन्त्री

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, ०८ : ५९
प्रधानमन्त्री ओलीसँग चीन शसंकित ?

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीन प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट शसंकित देखिएको छ । आफ्ना रक्षामन्त्री ओइ फेइङले गरेको नेपाल भ्रमणपछि पनि चीन त्यक्ति उत्साहित देखिएको छैन् । एक विश्वस्त सूत्रका अनुसार रक्षामन्त्री फेइङले नेपालस्थित चिनीयाँ दूतावासले गरेको तयारीका आधारमा समेत रक्षामन्त्रीले नेपालमा अनौपचारिक भेटघाटहरु गर्न नसकेपछि चीन शसंकित देखिएको हो ।

सत्तारुढ दल नेकपाभित्र चलिरहेको विवादले चीनलाई चिन्तित तुल्याएको छ । उसले नेपालका राजनीतिक दलहरु बीचको एकता, स्थायित्व र स्थिरताका लागि आफुहरुको सदासयता रहिरहने र त्यसका लागि आफ्नो सहयोग रहने बताउँदै आएको छ । रक्षामन्त्री फेइङको नेपाल भ्रमण यस्तो बेला भएको थियो, जुन बेला नेकपाका दुई अध्यक्षका बीचमा आरोप प्रत्यारोप सहतिका दस्तावेजहरु पार्टी सचिवालयमा पेश भएका थिए । प्रधानमन्त्री ओलीले सोही कारण आफ्नै पार्टीका सहयोद्दा अध्यक्षलाई अन्तरािष्ट्रय सम्बन्ध र भेटघाटहरुमा अघोषित रुपमा नाकाबन्दी जस्तै लगाउन अनेक कोसिस गर्न थालेका छन् ।

चिनियाँ रक्षामन्त्री फेइङले आफ्नो नेपाल भ्रमणका बेला नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई पनि भेटघाट गर्न चाहेको एक विश्वस्त सूत्रले बताएको छ ।  तर यो भेटघाट हुन नदिन बालुवाटारले निक्कै कसरत गरेको थियो । र योजना अनुसार बालुवाटार सफल भएको स्रोतको भनाई छ । चिनियाँ राजदुत होइ यान्छीलाई प्रधानमन्त्री ओलीका तर्फबाट गएको सन्देशकै कारण चीनका रक्षामन्त्रीले औपचारिक बाहेकका सम्पूर्ण अनौपचारिक भेटवार्ताहरु स्थगित गरेको बताईएको छ । ओलीले औपचारिक बाहेकका सम्पूर्ण अनौपचारिक भेटघाटहरु अहिले नगर्न र नगराउन चिनियाँ राजदुतलाई आइतबार बिहानै सन्देश पठाएकी थिइन् ।

सोही कारण चीनका रक्षामन्त्रीले जंगी अड्डामा २ घण्टा ढुक्कैले बिताईदिए । त्यसपछि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेर उनी यतैबाट वंगलादेश प्रस्थान गरेका थिए । रक्षामन्त्री फेइङले नेकपाका अध्यक्ष प्रचण्डसँग पनि भेटने, राष्ट्रपति सीको सन्देश र नेपाल चीन सम्बन्धका विषयमा छलफल गर्ने योजना बनाएका थिए । तर ओलीको नियत अनौपचारिक भेटवार्ता नगर्न राजदुतलाई गरेको आग्रहले प्रचण्ड लगायतका आफ्ना विपक्षी नेताहरुसँग रक्षामन्त्रीको भेटवार्ता नहोस भन्ने चाहना थियो । यस अगाडी प्रचण्ड चीन भ्रमण जाँदा पनि ओलीले नेपालमा एक समयमा एकै नेता रहने भन्दै एउटै समयमा अनेक नेताहरु हुन नसक्ने सन्देश चीन पठाएपछि प्रचण्डको राष्ट्रपति सी सँगको भेटवार्ता सम्भव हुन सकेको थिएन् । 

चीनले अहिले प्रधानमन्त्री ओली भन्दा प्रचण्डलाई बढी विश्वास गर्न थालेको छ । यो प्रधानमन्त्री ओलीलाई पटक्कै चित्त बुझ्न सकेको छैन् । ओलीले पछिल्लो समय अमेरिकी प्रभावमा आफुलाई उभ्याउन थालेको, विवादास्पद अमेरिकी सहयोग नियोग एमसिसि सम्झौता नेपालमा कार्यान्वयन गराउन मरिहत्ते गरेर लागेको, चीनसँगको बिआरआई परियोजनालाई प्राथामिक सूचिमा नराखेको जस्ता कारण चीन ओलीसँग त्यक्ति सकारात्मक बन्न छोडेको छ । 

तर यही सत्तासिन पार्टीकै अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा दिएको वक्तब्य, एमसिसि परियोजनामा उनले राख्दै आएको अडान र बिआरआई परियोजनाको प्राथमिकतामा दिएको महत्व लगायतका कारण चीन ओलीसँग भन्दा प्रचण्डसँग नजिक देखिएको छ । यही कारण पनि ओलीले प्रचण्डको चिनियाँ पक्षसँग उच्चस्तरको सम्वाद नहोस भन्ने चाहिरहेको छ ।

राजदुतावासमा अनौपचारिक भेटघाटका कार्यक्रम नराख्न ओलीले आग्रह गर्नु भित्रको एउटै मक्सद भनेको चीनले प्रचण्डप्रति गर्न थालेको विश्वास र सम्बन्धलाई बलियो हुन नदिने रणनीति अन्र्तगतको योजना हो । ओलीका कारण नेपाल भ्रमणका क्रममा प्रचण्डसँगको भेटवार्ता गर्न नपाएको भन्दै चीन अहिले ओलीसँग त्यक्ति सन्तुष्ट देखिएको छैन् । आफ्ना रक्षामन्त्रीको भ्रमणलाई औपचारिकतामा मात्र सिमित बनाउन प्रधानमन्त्री ओली लागि परेको भन्दै चीन त्यक्ति सन्तुष्ट नबनेको विश्वस्त सूत्रले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस