माओवादीसँग एकता नभए एमालेका नेताको हैसियत के हुन्थ्यो ?

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, १४ : ५६
माओवादीसँग एकता नभए एमालेका नेताको हैसियत के हुन्थ्यो ?

काठमाडौँ । सत्तारूढ दल नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले तत्कालीन माओवादीसँग एकता नभए तत्कालीन एमालेका नेताको हैसियत के हुन्थ्यो भनेर प्रश्न गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल टुइटरमार्फत  नेता रिजालले हिजो माओवादीसँग एकता भएकै कारण एमालेका जजसले लाभ लिए, आज उनीहरू नै उसप्रति असहिष्णु भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

नेकपा नेता रिजाल तत्कालीन एमालेका माधव नेपाल पक्षका हुन् । नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुखसमेत रहेका रिजालले टुइटरमा भनेका छन्, ‘माओवादीसँग एकता भएकै कारण एमालेका जोजो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहॉहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन।०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा ककसले हारे जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ ।’

प्रतिक्रिया दिनुहोस