चिनियाँ रक्षामन्त्री फेङ्हे आज काठमाडौं आउँदै, नेपालमा रहदा उनको कार्यतालिका यस्तो छ...

आइतबार, १४ मंसिर २०७७, ०७ : ४४
चिनियाँ रक्षामन्त्री फेङ्हे आज काठमाडौं आउँदै, नेपालमा रहदा उनको कार्यतालिका यस्तो छ...

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि चीनबाट नेपालमा आइतबार अर्को उच्चस्तरीय भ्रमण हुँदै छ । नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रक्षामन्त्री वेईले नेपालको एकदिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो ।

चिनियाँ राष्ट्रपति सीले सन् २०१९ अक्टोबर ९१२–१३० मा नेपाल भ्रमण गरेयता अन्य कुनै पनि उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण हुन सकेको थिएन । सीको भ्रमणलगत्तै कोभिड–१९ संक्रमण सुरु भएपछि अन्य मुलुकसँग जस्तै नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमण, द्विपक्षीय कूटनीतिक वार्ता तथा दुईपक्षीय संयन्त्रहरूबीच प्रभावकारी रूपमा काम हुन सकेको छैन । आर्थिक, वाणिज्य–व्यापार, डिफेन्स सहकार्य र सहायता, उच्च तहमा भ्रमणको आदानप्रदान आदि सम्पूर्ण काम रोकिएको थियो ।

रक्षामन्त्री वेईको आइतबार हुने भ्रमणले कोभिड–१९ का कारण रोकिएका कामहरूलाई फेरि गति दिने र दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने परराष्ट्र विज्ञ तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाको ठम्याइ छ । ‘नेपालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भयो, त्यसलगत्तै कोभिड–१९ को मार अन्य मुलुकले जस्तै नेपाल र चीन दुवै मुलुकले खेप्नुपर्‍यो । अब यो भ्रमणले कोभिड–१९ पछिको सहकार्यलाई अघि बढाउन मद्दत गर्छ भन्ने लाग्छ,’ उनले भने ।

कूटनीतिक जानकार दिनेश भट्टराईले रक्षामन्त्री वेई राष्ट्रपति सीपछिका महत्त्वपूर्ण सदस्य भएकाले उनको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने बत ाए । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले पनि यो भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप बढावा दिने बताए । कोभिड–१९ का कारण स्थगित भएका सैन्य सहयोग, सहायता र सहकार्यहरूलाई अघि बढाउन मद्दत गर्ने उनको विश्वास छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस