नेपालमा थप १९ जनाको मृत्यु, १३८० जना संक्रमित थपिए, ५१५ जना निको भए

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १६ : २६
नेपालमा थप १९ जनाको मृत्यु, १३८० जना संक्रमित थपिए, ५१५ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

यस्तै २४ घण्टामा ५१५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । नेपालमा हाल १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ४५४ पुगेको छ ।