गोकुल बाँस्कोटालाई भ्रष्टाचारबाट सफाई दिलाएर मन्त्री बनाउन प्रधानमन्त्री ओलीको चलखेल  : सभापति शाह

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : ३०
गोकुल बाँस्कोटालाई भ्रष्टाचारबाट सफाई दिलाएर मन्त्री बनाउन प्रधानमन्त्री ओलीको चलखेल  : सभापति शाह

बुटवल । प्रतिनिधिसभा सदस्य तथा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले  सरकार नै एकपक्षिय बन्दा भ्रष्टाचारीहरु कारबाहीमा नपरेको बताएका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहले भने— ‘प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेका छन्, गोकुल बास्कोटाको कारबाहि रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउने ओलीले नै दबाब दिएका छन् ।’ ‘सरकारले अरुलाइ काम गर्न दिन्न,सरकारसंग पैसा, शक्ति, पुलिस आर्मी, प्रशासन छ, यसले नियुक्ति पनि त्यहिबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाही हुन्छ ?’

सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको उनले आरोप लगाए  । सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए ।शाहले नेकपाभित्रको आन्तरिक द्धन्द्ध र सरकारको भ्रष्टचारका कारण देश बर्बादीको दिशामा गएको समेत धारणा राखे । नेकपाका लफडा राष्ट्रिय मुद्दामा नभई पदीय लडाइ ,भ्रष्टाचारमा भागबण्डाको कारण रहेको दाबी गरे ।

कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेट पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए । उनले नेकपा नफुटोस् भनेर कामना समेत गरे  । प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपा महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको भन्दै शाहले तर फेरि अहिले पौडेलले बुटवलमा खुुद्रा बिकासे आयोजना देखाएर जनतालाइ ललीपप देखाएको आरोप लगाए । 

‘करिडोर,सडक, खानेपानी  शिलान्यास, स्कुल उद्घाटन गरेर बुटवलका जनताको मन जित्न अब नेकपाले नसक्ने भन्दै जनताको राजधानी सारेपछि बुटवलका रुपन्देहीका जनताको मन दुखेको छ’– उनले भने । राजधानी सारिएकोमा खेद व्यक्त गर्दछु , फुटकर बिकासको विषय देखाएर राजधानी साट्न सकिदैन ।’ 

प्रतिक्रिया दिनुहोस