नारायणगढ रोटरी क्लबले विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनायो

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, ११ : ०७
नारायणगढ रोटरी क्लबले विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनायो

चितवन । नारायणगढ रोटरी क्लबले चितवनका फरक तीन स्थानहरूमा विभिन्न कार्यक्रमहरू गरेर आफ्नो स्थापना दिवस सम्पन्न गरेको छ । सन् २००२ को २७ नोवेम्बरदेखीनै स्वार्थ भन्दा माथि सेवाको भावना राखेर समाज सेवामा निरन्तर अग्रसर हुँदै आएको नारायणगढ रोटरी क्लबले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेर क्लबको स्थापना दिवस मनाएको क्लबका अध्यक्ष रोटरियन अनुकुल श्रेष्ठले बताए । 

यसै क्रममा क्लबले भरतपुरमा अवस्थित मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत बालबालिकाहरूका लागि जाडो मौसम सुरु भएकोले अत्यावश्यक १० वटा न्यानो ब्लाङ्केट , श्री आधारभूत विद्यालयमा त्यहाँ कार्यरत शिक्षक कर्मचारी तथा विद्यार्थीहरूको लागि शैक्षिक एवम् खेलकुदका सामग्री, कोरोना रोकथामका लागि आवश्यक ५ लिटर सेनीटाइजर, एक थान थर्मल गन र ५०० थान मास्क वितरण गरिएको क्लबका पूर्व अध्यक्ष रोटरियन रमेश श्रेष्ठले जानकारी दिए ।

यस्तै श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरूको शिक्षा र सो सम्बन्धि सिकाईमा थप सुधार ल्याउने उद्देश्यले इ–लर्निङ अन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि अधिकारी र प्रधानाध्यापक नारायणबहादुर थापालाई संयुक्त रूपमा एकथान एलइडि टेलिभिजन र मिडासको सफ्टवयर वितरण गरिएको क्लबका पूर्व अध्यक्ष रोटरियन रोहितकुमार श्रेष्ठले बताए । सोही क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि अधिकारीले नारायणगढ रोटरी क्लबले आफ्नो स्थापना दिवसको अवसर पारेर विद्यार्थीहरूको शैक्षिक उन्नतीमा प्रदान गरिएको सहयोगको लागि आभार प्रकट गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रोटरियन अरुणकुमार पिया, सुमनकुमार श्रेष्ठ, राजेन्द्र ओली, नारायण प्रधान, वर्ष २०२१÷२२ का लागि निर्वाचित अध्यक्ष रोटरियन अरुणकुमार खनाल, सचिव दिलीप तामाङ, क्लब सर्भिस डाइरेक्टर गुणेश्वर महतो, सदस्यहरू विमान काकी, सेवन पन्त एवम् क्लबका प्रथम महिला डा. सुरक्षा श्रेष्ठका साथै रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष रोट¥याक्टर सुषमा गुरुङ, सोहि क्लबका क्लब सर्भिस डाइरेक्टर रोट¥याक्टर सन्तोष श्रेष्ठ र रोट¥याक्टर सम्झना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस