भोलीबाट मौसम सफा हुने

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, ११ : १४
भोलीबाट मौसम सफा हुने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम शनिबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ । 

उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ ।

आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।

पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस