विराटनगरमा एक सुत्केरीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, १० : ५५
विराटनगरमा एक सुत्केरीको मृत्यु

मोरङ । मोरङको रतुवामाई नगरपालिका घर भएकी २५ वर्षीया सुत्केरीको  बिहिबार राति मृत्यु भएको छ ।

विराटनगरको नोबेले मेडिकल कलेजमा उपचाररत सुत्केरीको मृगौलामा खराबी पाइएको, निमोनियाको पूरानै समस्या देखिएको र कोरोना पोजेटिभ देखिएको थियो । 

उनको राति ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए । दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन् । 

श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते उनलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस