महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, १० : ०९
महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा बिहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते भएका काकाको मृत्यु भएको छ ।

मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

उपरीक्षक केसीका अनुसार बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गए राति मृत्यु भएको हो। 

प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस