आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०७७, ०८ : १९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका अधिकांश स्थानको मौसम  आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ ।अहिले गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण देशभरका अधिकांश स्थानको मौसम प्रभावित भएको हो ।
 

प्रतिक्रिया दिनुहोस