कमल थापालाई गाई चुनाव चिन्ह गुमाउँदा यस्तो पीडा

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, १५ : ४८
कमल थापालाई गाई चुनाव चिन्ह गुमाउँदा यस्तो पीडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई पूजा गर्दा भाव विह्वल भएको बताएका छन् । उनले गाई चुनाव चिह्न गुमाउनुपर्दाको पीडासमेत सामाजिक सञ्जालमा लेखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा गाई पूजा गरी नमस्कार गरेको तस्वीर राखेर उनले लेखेका छन्, ‘राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै हो । ।’

फेसबुकमा थप लेखेका छन्, ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई बुझाउन नसक्नु मेरो कमजोरी हो ।’ राप्रपा एकीकरणपछि चुनाव चिह्न हलो राख्ने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस