पौरखी महिलालाई ट्रयाक्टर वितरण

सोमबार, २८ फागुन २०७४, १३ : ५९
पौरखी महिलालाई ट्रयाक्टर वितरण

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत मार्खु र फाखेलका कृषक समूहलाई हाते ट्रयाक्टर बितरण गरिएकोे छ ।
ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई मार्खुमा ३ र फाखेलमा ४ वटा गरि ७ वटा ट्रयाक्टर वितरण गरिएको हो ।नारी सिप सृजना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्तरगत ट्रयाक्टर बितरण भएको बताइएको छ ।

महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्रयाक्टर बितरण गरिएको नारी सिपले जनाएको छ । कृषि क्षेत्रमा उपयोगी ट्रयाक्टर सहयोग गरेको भन्दै जनप्रतिनिधी, सहकारी प्रतिनिधी र किसानहरुले नारीसिप सृजना केन्द्रलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस