रौतहट । रौतहटमा गए राति एक युवतीको गोली हानी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
राति करिब ११ बजे अज्ञात समूह युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी साहको घरमा पसी युवतीको कन्चटमा गोली प्रहार गरेको हो। गोली लागेपछि ढलेकी युवती साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित भएको थियो। बिहे भएको केही समयपछि युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो। युवतीका श्रीमान्लाई पनि अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो। युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण चक्कु प्रहार भएको अनुमान युवक पक्षले गरेका थिए ।
चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि बल्ल निको भएका थिए। गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएको युवतीका काका नेवालाल साहले जानकारी गराएका छ । गोली कस्ले हानेको हो भन्ने विषयमा अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा प्रहरीले चलायो गोली
खोटाङमा मृग भनेर हानेको गोली साथीलाई लागेपछी....
सर्लाहीमा गोली चल्यो, एक महिलाको हत्या
अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
अमेरिकामा नेपाली युवतीलाई गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक
डोटीमा गोली लागेर एक जनाको मृत्यु