चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतक पुगे ७५

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १५ : २५
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतक पुगे ७५

चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । 

निमोनिया, सुगर र प्रेसरको समस्या भई ती पुरुष कार्तिक १९ गते अस्पताल भर्ना भएका थिए । कार्तिक २२ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो । चिकित्सकको टोलीले उपचारको लागि अथक प्रयास गर्दागर्दै ती पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिए । 

स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार हालसम्म ७५ चितवनवासीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस