काठमाडौं । राजधानीको नयाँ बसपार्कमा सुरक्षा गार्ड र सहचालकको एक समूहबीच झडप भएको छ । बस पार्किङको विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको हो ।
प्रहरीका अनुसार नयाँ बसपार्कमा बस पार्किङको विषयमा विवाद हुँदा त्यहाँ कार्यरत दुई सुरक्षा गार्डले एक सहचालकलाई हातपात गरेको पाइएको छ । बसपार्कमा कार्यरत सुरक्षा गार्ड लमजुङका ३८ वर्षीय सुनबहादुर गुरुङ र चितवनका ३३ वर्षीय सुरेन्द्र श्रेष्ठले ती सहचालकलाई हातपात गरेका थिए । उनीहरुले सहचालकमाथि हातपात गरेपछि अन्य सहचालक समेत आएर सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि दुई पक्षीय झपड भएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी प्रभाव बसपार्कमा प्रमुख इन्सपेक्टर रमेश विष्टले सहचालकलाई कुटपिटमा संलग्न दुई सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको बताए । प्रहरी हस्तक्षेपपछि अवस्था सामान्य बनेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०७७, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप
पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप
कैलालीमा स्थानीय र प्रहरीबिच झडप
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
धनुषाको औरही गाउँपालिकामा झडप
सुनसरीमा हिजोदेखि कर्फ्यु, सर्वदलीय बैठक जारी