नेपालमा थप १८ जना संक्रमितको मत्यु, २९०९ जना संक्रमित हुँदा ४५०० जना निको

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०७७, १६ : ५५
नेपालमा थप १८ जना संक्रमितको मत्यु, २९०९ जना संक्रमित हुँदा ४५०० जना निको

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ९०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

यस्तै २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । नेपालमा हाल ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ७० पुगेको छ ।