राजसंस्थाको आवश्यकता इंगित गराउँदै राणाले भने– पुरानो संस्था मात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्छ

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १८ : १६
राजसंस्थाको आवश्यकता इंगित गराउँदै राणाले भने– पुरानो संस्था मात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक दलभन्दा माथि रहने सस्ंथाले मात्र संविधान अनुकूल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्था मात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै राप्रपा अध्यक्ष राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरे । ‘अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्शाउछ,’ उनले बिहीबार ट्वीट गर्दै भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावना विपरीत रहेको राणाको टीप्पणी छ । उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो । यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो । एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो ।’

राप्रपा अध्यक्षले भने, ‘त्यसैले राष्ट्र प्रमुख दलको सदस्य हुनु हुन्न भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको छ । कुनै दलको पक्षपाति नहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्दछ । ’

प्रतिक्रिया दिनुहोस