नेपालमा आज २९३३ जना कोरोना संक्रमित थपिए, ३१५० जना निको, २४ जनाले ज्यान गुमाए

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, १७ : २५
नेपालमा आज २९३३ जना कोरोना संक्रमित थपिए, ३१५० जना निको, २४ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७६ हजार बछण्ण् पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार १५० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । नेपालमा हाल ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९८४ पुगेको छ ।