क्लिन फिड लागु भएपछि ग्राहकहरुले थप शुल्क तिर्नुपर्ने

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १७ : ३६
क्लिन फिड लागु भएपछि ग्राहकहरुले थप शुल्क तिर्नुपर्ने

काठमाडौं । सरकारले विदेशी च्यानलहरुको प्रशारणमा विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भदेखिएको छ । 

नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले विज्ञपनरहित विषयवस्तु प्रशारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन् । 

सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापनरहित प्रशारण हुन थालेपछि ग्राहकले कम्तिमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताए । साथै च्यानलहरुलाई व्यवस्थित रुपमा हेर्न अझै तीनचार महिना कुर्नुपर्ने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस