मृत अवस्थामा फेला

शनिबार, २६ फागुन २०७४, १२ : ५३
मृत अवस्थामा फेला

मोरङ । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी – बरडंगा सडक खण्डको किनारमा शनिबार  बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

उर्लाबारी नगरपालिका– ९ घर भएका ५८ वर्षीय चन्द्रबहादुर दर्जी मृत अवस्थामा भेटिएका हुन् । दर्जीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक रामकाजी कट्वालले जानकारी दिए ।  

मृतकको शव परीक्षणका लागि मंगलबारे अस्पताल, उर्लाबारीमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस