फेस सिल्ड नलगाई सार्वजनिक यातायात चढ्न नपाइने

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १६ : ०५
फेस सिल्ड नलगाई सार्वजनिक यातायात चढ्न नपाइने

काठमाडौँ । अब सार्वजनिक यातायात चढ्दा फेस सिल्ड अनिवार्य लगाएको हुनुपर्नेछ । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाइदिएको छ । 

यातायात व्यवस्था विभागका अनुसार मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्छ । फेस सिल्डको व्यवस्थापन यात्रु आफैले गर्नुपर्ने हुन्छ । 

यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ। विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। 

प्रतिक्रिया दिनुहोस