राप्रपा अध्यक्ष कमल थापालाई  कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १९ : ४७
राप्रपा अध्यक्ष कमल थापालाई  कोरोना संक्रमण पुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सर्तक रहन अनुरोध गरेका छन् । 

केही दिनयता  थापाको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो भने बुधबार टाउको दुखाइको समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए । 

थापाले ट्वीटरमार्फत भनेका छन्, ‘कोरोना महामारीबाट बच्न र सतर्कता कायम राखेकै अवस्थामा हिजो समान्य टाउको दुखाइको कारण पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस