१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १३ : १६
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस