बाह्र दिनदेखि हुम्लामा विद्युत् सेवा अवरुद्ध

शुक्रबार, २५ फागुन २०७४, १९ : १९
बाह्र दिनदेखि हुम्लामा विद्युत् सेवा अवरुद्ध

हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटलगायत आसपासका गाउँ विद्युत् सेवा अवरुद्ध हुँदा विगत बाह्र दिनदेखि अन्धकार बनेको छ ।

हिल्दुम जलविद्युत आयोजनाको पाइप फुटेर १२ दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकामबाट प्रवाह हुने सबै सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

फाइप मर्मतका लागि नेपालगन्जबाट इन्जिनियरसहितको टोली हुम्ला आइसकेको र केही दिनभित्रै अवरुद्ध विद्युत सेवा सञ्चालन हुने आयोजना स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस