लक्षणयुक्त संक्रमणले बढायो मृत्यु, सार्क मुलुकमध्ये नेपालमा सक्रिय संक्रमित दर धेरै

पत्रपत्रिकाबाट

सोमबार, २६ असोज २०७७, ०७ : १५
लक्षणयुक्त संक्रमणले बढायो मृत्यु, सार्क मुलुकमध्ये नेपालमा सक्रिय संक्रमित दर धेरै

काठमाडौँ । लक्षणसहितका कोभिड–१९ संक्रमित बढ्दै जाँदा मृत्युदर पनि वृद्धि भएको छ । सार्कका आठवटै मुलुकमा सबैभन्दा बढी २९.१ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् ।

नेपालमा संक्रमितमध्ये ७० प्रतिशत अर्थात् करिब ७० हजार निको पनि भएका छन् । सक्रिय संक्रमित उल्लेख्य रूपमा कम नभएसम्म मृत्यु हुनेहरूको संख्या बढिरहने विज्ञहरूले बताएका छन् । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले मुलुकमा हालसम्मको मृत्यु संख्या हेर्दा दर बढेको भन्न नसकिने भए पनि पछिल्ला दिनमा बढी व्यक्तिको मृत्यु भइरहेको बताए ।

उनले लक्षणसहितका संक्रमित फेला पर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए । काठमाडौंमा शनिबार संक्रमण पुष्टि भएकामध्ये करिब २२ प्रतिशतमा लक्षण थियो । अहिलेसम्म मुलुकमा संक्रमण देखिएका १ लाख ७ हजार ७ सय ५५ जनामध्ये ६ सय ३६ जना अर्थात् ०.५९ प्रतिशतको ज्यान गएको छ । शनिबारसम्म मृत्युदर ०.५८ प्रतिशत थियो । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस