पार्किङस्थलबाट स्कुटर चोरी गर्ने गिरोह पक्राउ

शुक्रबार, २५ फागुन २०७४, १५ : ५२
पार्किङस्थलबाट स्कुटर चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयदेखि पार्किङमा राखेका स्कुटर चोरी गर्दै आएको गिरोह समातिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेका १८ वर्षीय दीपक लामा, काठमाडौं मरुहिटीका २० वर्षीय रोशन जोशी र सिन्धुली सुनकोशी गाउँपालिका ३ का सुशान आलेमगरलाई पक्राउ गरेको हो ।

नक्कली चावीको सहायताले पार्किङमा राखेका स्कुटर चोर्दै आएको समूहलाई महाशाखाको टोलीले विहीबार साँझ चोरी गर्दागर्दै काठमाडौंको पचली मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । यो समूहका नाइके रोशन जोशी भएको प्रहरीले जनाएको छ । यही समूहले फागुन २१ गते राीि काठमाडौं वसन्तपुरबाट पूजा श्रेष्ठको पार्किङ गरेर राखेको  ग ५ प १९१७ नम्बरको स्कुटर चोरी गरेको थियो । लामो समयदेखि उपत्यकामा यो समूहले स्कुटर र बाइकलाई नक्कली चाबीको सहयोगमा चोर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

उनीहरुबाट बा ५३ प ३३९१ नम्बरको खैरो रङको डिओ स्कुटर र ग ५ प १९१७ नम्बरको निलो रङको स्कुटरको इञ्जिन र च्यासीस नम्बरसमेत बरामद भएको छ । महाशाखाले उनीहरुलाई थप कारबाही प्रक्रिया अगाडि बढाउन महानगरी प्रहरी परिसरको जिम्मा लगाएको छ । 

प्रतिक्रिया दिनुहोस