काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिएको मौसमविदले बताएका छन् ।
आइतबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ असोज २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आजको मौसम : यी प्रदेशहरुमा धेरै वर्षाको सम्भावना
आजको मौसम : राति यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?