बकैया गाउँपालीका अध्यक्षको राजीनामा माग

शुक्रबार, २५ फागुन २०७४, १४ : ०२
बकैया गाउँपालीका अध्यक्षको राजीनामा माग

वकैया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बकैया गाँउपालीकाको अध्यक्ष दामोदर खनालको राजिनामा माग गरेको छ ।
कम्युनिष्ट पार्टीले आज शुक्रबार बकैया गाँउपालिका अध्यक्षलाई कार्यलयमा भेटी जनताको विकास र समृद्धिको लागी राजीनामा गरेर सहयोग गर्न आग्रह गर्दै लिखित पत्र दिदैँ राजीनामा माग गरेको हो । कम्युनिष्ट पार्टी बकैयाका इन्चार्ज प्रल्हाद गौतमले बुदाँगत रुपमा विभीन्न माग पेश गरि गाँउपालिका अध्यक्ष खनाललाई लिखीत राजिनामा पत्र दिएका थिए ।

बकैयाको योजना सञ्चालन र अनुगमन, जनसत्ता सगँ सहकार्य गरि मात्र सञ्चालन गर्न, विवादित गाउँपालिका केन्द्र सार्ने निर्णय तत्काल बदर गर्न र जनप्रतिनिधीले स्वेच्छाचारी रुपमा विलासी गाडी तथा सेवा सुविधा रोक्न माग गर्दै राजिनामा गर्न माग गरेको हो । 

कम्युनिष्ट पार्टीको तर्फबाट जनपरिषद प्रमुख निर्दोष क्षेत्रिको हस्ताक्षर गरीएको पत्र इन्चार्ज गौतमले गाँउपालिका अध्यक्ष खनाललाई कार्यकक्षमा हस्तान्तरण गरेका थिए । गौतमले बकैयाका उपाध्यक्ष सहित १२ वडाका वडा अध्यक्षलाई पनि राजिनामाको लागी लिखित रुपमा आग्रह गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस