बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, ०८ : ५२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचरारत थप एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।  आज मंगलबार बिहान निधन हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार गत असोज १२ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो । मधुमेहको समस्या रहेको उनलाई यअसघि टीबी रोग रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस