काठमाडौं । चालु आर्थिक वर्षको बजेटबाट विद्युतीय सवारीसाधन आयातमा बढाइएको अन्तःशुल्कको दर सरकारले घटाएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार विद्युतीय सवारीसाधनको क्षमताअनुसार अन्तःशुल्कका दरमा छुट दिने निर्णय गरेको हो ।
‘आर्थिक ऐन–०७७ दफा १८ को उपदफा १ बमोजिम करका दरहरूमा परिवर्तन गरिएको छ,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘यसबारे राजपत्रमा सूचना प्रकाशन गरिनेछ ।’ अन्तःशुल्क घटाइएको दरबारे भने उनले खुलाएनन् । गत जेठ १५ मा ल्याइएको बजेटमार्फत विद्युतीय सवारीसाधनमा बढाइएको करको चौतर्फी विरोध भएको थियो ।
विद्युतीय सवारीसाधनमा कर बढाएपछि पेट्रोलियम सवारीसाधनलाई बढावा मिलेको, यहाँ उत्पादन बढिरहेको विद्युत्को उपयोगलाई निरुत्साहित भएको र वातावरणलाई असर पर्ने भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र सरकारको आलोचना भएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ असोज २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण
विद्युतीय सवारीमा कर छुट नीति राजस्वमा प्रत्युत्पादक, ब्याट्री व्यवस्थापन चुनौतीपूर्ण