मन्त्रिपरिषदका निर्णय: करका दर र अन्तशुल्क घटाउने

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १९ : ५३

काठमाडौं । सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए  । 

आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस