पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

बुधबार, २३ फागुन २०७४, १७ : ४३
पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

नवलपरासी । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गर्नुभएको छ ।

आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा आयोजित चौथो नवलपुर महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा प्रभावकारी ऐन कानुनको अभावमा अहिले उल्लेखनीयरुपमा वैदेशिक लगानी भित्रिन नसेकेको भन्दै अब प्रदेश सरकारले यसबारे प्रभावकारी ऐन नियम बनाउने बताउनुभयो ।

मुलुकमा वर्तमान सातवटा प्रदेशमध्ये पर्यटकीय दृष्टिकोणले प्रदेश नं. ४ सबैभन्दा बलियो प्रदेश भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “ यस क्षेत्रमा विकास अव चौतर्फी रुपमा अघि बढ्छ । ”

महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि र स्थानीय उत्पादन गरी करिब २०० भन्दा बढी स्टल राखिएका छन् । महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।(रासस)

प्रतिक्रिया दिनुहोस