प्रदेशको स्थानीय तहसँग समन्वय हुन्छ : मुख्यमन्त्री राई

बुधबार, २३ फागुन २०७४, १७ : १२
प्रदेशको स्थानीय तहसँग समन्वय हुन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ ।

नेपाल नगरपालिका संघ, प्रदेश नं १ भेलामा उहाँले स्थानीय तहसँग समन्वय गरी विकास निर्माणको कामलाई द्रुतरुपमा अघि बढाइने दृढता व्यक्त गर्नुभयो । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताको आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । एकदिने भेलामा प्रदेश नं १ का एक महानगरपालिकासहित ४० उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता छ । (रासस)

प्रतिक्रिया दिनुहोस