अवकासपछिको भुक्तानी अब कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १४ : ३२
अवकासपछिको भुक्तानी अब  कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट

सांकेतिक तस्विर

काठमाडौँ । अवकास पछिको भुक्तानी (पेन्सन) अब  कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुने भएको छ । यसअघि सम्बन्धित कार्यालयबाटै भुक्तानी हुने गरेकोमा अर्को व्यवस्था नभएसम्मको लागि कोष तथा लेखा नियन्त्रकको कार्यालयबाटबाट हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

अवकाश प्राप्त कर्मचारी (निजामती, जंगी, प्रहरी) लाई सरकारले अवकाश प्रदान गर्दै आएको छ । सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट आवश्यक सम्पूर्ण कागजात प्रमाणित भएपछि र कार्यालयलाई अनुरोध भएपछि प्राप्तपत्रका आधारमा सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस