काठमाडौँ । पूर्व–पश्चिम रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द भएको छ । रेल विभागले आइतबार इनरुवा–काँकडभिट्टा सडकखण्डको रेलमार्गमा ट्रयाक निर्माणका लागि आह्वान गरेको ३२ अर्बको ठेक्काको सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।
विभागले आज सार्वजनिक सुचना जारी गर्दै ठेक्काको सम्पूर्ण प्रक्रिया रद्ध गरेको जनाएको छ । सार्वजनिक खरिद ऐन, महालेखा परिक्षकको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत जग्गा प्राप्ति नै नभइ राजनीतिक पहुँच र प्रभावका आधारमा आह्वान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय लिन बाध्य भएको हो ।
रेल विभागले असार १४ गते अन्नपूर्णपोष्ट र १७ गते नागरिक दैनिकमा सूचना प्रकाशित गरि निर्माण गर्न ठेक्का आह्वान गरेको थियो । ठेक्का आव्हान भएपछि हतारमा किन गरियो भनेर चौतर्फी आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ भदौ २०७७, १० : ३३
लेखकबाट थप