तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, १३ : ३८
तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट

फाइल फोटो

काठमाडौँ । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै रोकेको कित्ताकाट तीन वर्षपछि खुलेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन् ।

‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ ।मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस