काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उहाँले बताउनुभयो ।
उहाँले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उहाँले बताउनुभयो । जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उहाँको भनाइ थियो ।
उहाँले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ साउन २०७७, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ