थप २३३ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १५ हजार ३८९ पुग्यो

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १६ : २४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।