मदन पुरस्कारको लागि सात पुस्तक छनौट

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १५ : ४१
मदन पुरस्कारको लागि सात पुस्तक छनौट

काठमाडौं। मदन पुरस्कारको लागि सात वटा पुस्तक छनौट भएका छन् । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’ का लागि सातवटा पुस्तक छनोट गरेको छ। गुठीलाई प्राप्त १५१ पुस्तकमध्ये सातवटा पुस्तक छनोटमा राखिएको हो । 

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार छनोटमा परेका ७ पुस्तकमध्ये विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन्। 

छनोटमा परेको यी सात पुस्तकमध्ये एउटा २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। चार लाख राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइएको छ। २०७५ सालको मदन पुरस्कार योगेश राजद्वारा लिखित ‘रणहार’ लाई प्रदान गरिएको थियो।
 

प्रतिक्रिया दिनुहोस