निजीलाई पनि स्वाब संकलन र पीसीआर परीक्षण अनुमति

पत्रपत्रिकाबाट

शुक्रबार, १६ साउन २०७७, ०७ : ५३
निजीलाई पनि स्वाब संकलन र पीसीआर परीक्षण अनुमति

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त निजी प्रयोगशालाले पनि आफैंले स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पाउने भएका छन् । 

बुधबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा।जागेश्वर गौतमले बताए । उनका अनुसार अब जोकोहीले पनि अनुमतिप्राप्त प्रयोगशालामा गएर सशुल्क पीसीआर परीक्षण गराउन पाउनेछन् । यस प्रकारको परीक्षणका लागि लक्षण देखिएको हुनुपर्ने छैन । मापदण्डमा परेकाहरूका लागि सरकारी प्रयोगशालामा गरिँदै आएको निःशुल्क परीक्षणलाई पनि निरन्तरता दिइनेछ ।

सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गर्दै असार ८ मा निर्देशिका ल्याएको थियो । तर उक्त निर्देशिकामा प्रयोगशालाहरूलाई आफैं नमुना संकलन गर्न भने रोक लगाइएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस