काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पालगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताउनुभयो ।
सुनिल थापालाई सहमहामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भन्नुभयो, ‘पञ्चायत छाडेर सुर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो’ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०७७, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नोबारे मात्रै चिन्ता लिएर बिपीको जस्तो राजनीति हुँदैछ : डा. शशांक कोइराला