राखेपको सदस्यसचिवमा सिलवाल पुनः नियुक्त

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, २० : ०५

फाइल तस्विर

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा फेरि रमेश कुमार सिलवाल नियुक्त गरेको छ । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् । 

सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो । आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाबाट निवर्तमान सदस्यसचिव सिलवाललाई पुनः राखेपको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस