चितवन । बेवारिसे तथा अलपत्र परेको जग्गालाई सदुुपयोग गर्ने हो भने, त्यसलाई नमुना बनाउन सकिन्छ त्यसको उदारहण बनेको छ अहिले, भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित शरणपुर कोलघाटमा रहेको धार्मिक वन । बेवारिसे अवस्थामा रहेको करिव डेढ बिगाहा घोल जमिनलाई स्थानियले ब्यवस्थित गरी धार्मिक क्षेत्रका रुपमा बिकास गरेका छन् ।
धार्मिक क्षेत्रको रुपमा विकास भएसँगै त्यो बेवारिसे जग्गा अहिले धेरैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । नारायणी नदि किनारमा रहेको सिद्धी गणेश सामुदायीक वन क्षेत्रको घोल जमिनलाई पुरेर २ करोड खर्च गरी नमुना पार्कसहितको धाम निर्माण थालिएको हो ।
सैयौं वर्ष अगाडिदेखी स्थानियले गणेश मन्दिर र राम मन्दिर निर्माण गरी पुजा गर्दै आईरहेको धार्मीक क्षेत्रलाई थप नमुना धामको रुपमा बिकास गर्ने उद्येश्य अनुरुप गणेश मन्दिर, तिर्थस्थल, मुर्दाघाट, शान्तिपार्क निर्माण थालिएको निर्माण समितिका अध्यक्ष डिल्ली बहादुर बिष्टले बताए । २०७३ सालमा धान्यान्चल लगाएर ३३ लाख रकम संकलन गरी घोल जमिन पुरेर त्यहाँ दाताहरुको सहयोगबाट पुर्वाधार निर्माण थालिएको विष्टले बताए ।
‘नेपाल सरकार तथा दाताको सहयोगमा अहिले २ करोडको पुर्वाधार निर्माण भईसकेको छ’–उनले भने,‘गत आर्थीक वर्ष प्रदेश सरकारको ५० लाख रकम खर्च भएको छ, यो ठाउँ पश्चिम चितवनको धार्मिक थलो र दाहसंस्कार गर्ने स्थान भएकाले यसलाई ब्यवस्थित गर्ने गरि आफुहरु लागेका हौं ।’
अहिले यस धार्मिक क्षेत्रमा दुर्गा मन्दिर, शिब मन्दिर, गणेश मन्दिर, राम जानकी र बृद्धबृद्धा आश्रम, पुजारी बस्ने घर लगायत छन् । यो स्थल थप आकर्षक बनाउन यहाँ स्वीमिङ पुल सहित बिभिन्न जंगली जनावरको मुर्तीहरु राखेर सुन्दर पार्क बनाउन थालिएको छ । आर्थिक अभावका कारण यि सबै कामहरु पुरा गर्न नसकेको बताउदैं स्थानियले दाताहरुबाट सहयोग भए ति काम पुरा गर्ने योजनामा आफुहरु लागेको उनीहरुको भनाई छ । यस धार्मिक क्षेत्रमा स्वामी यसोधा नन्दन दामोदर बाबाले १० कोठा सहितको बृद्धाश्रम निर्माण गरेका छन् भने अन्य दाताहरुले मन्दिर तथा अन्य संरचना निर्माण गरिदिएको अध्यक्ष बिष्टले बताए ।
मन्दिरका पुजारी हुमनाथ अधिकारीले यो ठाउँको ऐतिहासिक महत्व रहेको बताए । ‘भगवान रामले राक्षसलाई लखेट्दै यहि ठाउँमा कोलमा पेलेकाले यस क्षेत्रलाई कोलघाट नामाकरण भएको किम्बदन्ती छ’, उनले भने,‘ ददित्रि ऋषिले जनकपुरमा भगवान रामलाई सिता देखाउन यहि बाटोहँुदै लानु भएकाले यो ठाउँको बिशेष महत्व पनि छ ।’ यो प्रसंग स्वस्थानीको सातौं भागमा पनि उल्लेख रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शुक्रबार, ०९ साउन २०७७, १२ : ३९
लेखकबाट थप