क्लासिक इण्डष्ट्रिजले पायो आइएसओ प्रमाण चिन्ह

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, २१ : १९
क्लासिक इण्डष्ट्रिजले पायो आइएसओ प्रमाण चिन्ह

काठमाडौं । दक्षिण एसियाकै पहिलो स्प्रीङ म्याट्रेस उत्पादक कम्पनी क्लासिक इण्डष्ट्रिज प्रालिले अन्तराष्ट्रिय गुणस्तर (आइएसओ) प्रमाण चिन्ह प्राप्त गरेको छ । सन् १९९० मा करिस्मा क्लासिक कन्जुमर प्रोडक्टको रुपमा स्थापित सो कम्पनीलेले २० जुलाई २०२० मा आइएसओ–९००१ः२०१५ प्राप्त गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका ४ मा फ्याक्ट्री रहेको सो कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौंको बाँसबारीमा छ ।

क्लासिक इण्डष्ट्रिजले विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरको म्याट्रेस, कोकोनट क्यायर म्याट्रेस, बनेल स्प्रीङ म्याट्रेस, पकेट स्प्रीङ म्याट्रेस, सिरानी, सिरक, फम लगायतका गुणस्तरीय सामग्री उत्पादन गर्दै आएको सीइओ विष्णु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस