एजेन्सी । अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् ।
पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ । यसबारेमा हामीले सोचिरहेका छौँ ।’ उनले आफ्नो निजी जानकारी चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुगोस् भन्ने चाहनेहरुले मात्र त्यस्तो एप डाउनलोड गर्न सुझाव दिए ।
यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन । टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनी सञ्चालन गरिरहेको छ । यस एपमाथि अमेरिका नेताहरुले चिनियाँ गुप्तचरको निर्देशनमा काम गरिरहेको आरोप लगाउँदै आएका छन् । टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ कानुन अन्तरगत नपर्ने स्पष्ट पारेको थियो । टिकटकका अनुसार यसको सर्भर अमेरिका र सिंगापुरमा रहेको छ ।
टिकठक अमेरिका र पश्चिममा देशहरुमा निकै लोकप्रिय रहेको छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ३१.५ करोड पटक यो एप डाउनलोड भएको थियो । हालै मात्र भारतमा यो एपमाथि प्रतिबन्ध लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ असार २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीमा टिकटकलाई ११ मिलियन डलर जरिवाना
टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी तल्लो सदनबाट पारित
टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण
टिकटकको टोली नेपालमा, सरकारलाई पत्र पठायो
टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट आज 'हेर्न नभ्याइने'मा
टिकटक बन्दविरुद्धको रिट न्यायाधीश माथेमा र शर्माको इजलासमा