एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पनि वन्यजन्तुबाट सरेको भन्दै संयुक्त राष्ट्र संघका विज्ञले जूनोटिक डिजिज–जनावरबाट मानिसमा सर्ने रोगहरु, बढ्दो क्रममा रहेकोले वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाउन विशेष ध्यान दिन आग्रह गरेको छ । संघले यसो गर्न सकिएन् भने थप गम्भीर स्वास्थ्य संकट सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।
पशु जन्य मासु माग अधिक हुनु, दीगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरुको वृद्धि भएको उनीहरुले बताएका छन् । बेवास्तामा परेको जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको विज्ञले उल्लेख गरेका छन् । यस्ता रोगहरुले स्वास्थ्यसँगै आर्थिक नोक्सानी पनि ठूलो गर्ने गर्छन् । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा दुई वर्षमा ९ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी हुने आँकलन गरिएको छ ।
कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन्, यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफै मानिसमा भने नसर्ने उल्लेख छ । मानवीय कारणले गर्दा जनावरमा देखिएका रोगहरु मानिसमा सर्ने गरेको देखिएको उल्लेख छ ।
प्राकृतिक वातावरणमा भइरहेको ह्रास, भूमिमाथिको शोषण, वन्यजन्तुमा हुने गरेका शोषण, स्रोतको दोहन र जलवायु परिवर्तनका कारण जूनोटिक डिजिजहरु मानिसमा सर्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक तथा युएनका उपमहासचिव इङ्गर एन्डरसनले भनेकी छन्, ‘पछिल्लो शताब्दीमा हामीले नोवेल कोरोना भाइरसका ६ प्रमुख महामारी देखेका छौँ ।
पछिल्लो दुई दशक अर्थात कोभिड–१९ पूर्व जूनोटिक डिजिजका कारण १ सय बिलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो ।’ उनले भनिन्, ‘कम तथा मध्यम आय भएका देशमा हरेक वर्ष स्थानीय रुपमा पाइने जूनोटिक डिजिजका कारण २० लाख मानिसको ज्यान जाने गरेको छ ।’गत ५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेको उनले भनाई छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ असार २०७७, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटारीमा वन्यजन्तु पुनःस्थापना केन्द्र सञ्चालन
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ