भरतपुर । भरतपुर महानगरपालिकाले छैटौँ नगरसभाको अवसर पारेर करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
आज शुक्रबार महानगरपालिकाको नगरसभाको अवसर पारेर महानगरपालिकालाई कर तिर्ने विभिन्न सात, कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने १३, विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सात, १४ जना कर्मचारीलाई सम्मान गरिएको छ । त्यस्तै दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता ६ जना तथा राष्ट्रिय खेलकूदमा पदक प्राप्त गर्ने चार जना खेलाडीलाई नगदसहित सम्मान पत्रद्वारा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सम्मान गर्नुभएको हो ।
नगरसभाको अवसरमा महानगरलाई सबैभन्दा बढी कर तिर्ने उद्योग क्षेत्रबाट बोटलर्स नेपाल तराई लिमिटेड, कृषितर्फ नवगंगा दाना उद्योग प्रालि, स्वास्थ्यतर्फ चितवन मेडिकल कलेज, वित्तीयतर्फ एभरेष्ट बैंक, सञ्चारतर्फ चित्रवन युनिक केवल टिभी प्रालि, बहालकरतर्फ भरतपुर ३ की कल्याणी श्रेष्ठ तथा शिक्षतर्फ बाल्मीकि शिक्षा सदन सम्मानित भएका हुन् ।
त्यस्तै, कोभिड १९ को जोमिख न्यूनिकरण गर्न सहयोग गर्ने, युएनडीपीको विपद् जोखिम न्यूनिकरण परियोजना, न्यू ओम मिल स्टोर्स, स्टुडेन्ट ड्रेस हाउस, इन्द्रलाल श्रेष्ठ, आविस्कार पोल्ट्री, नेप्स कफी, एनआरएनए टेक्सास, प्रतीक एण्ड फ्रेन्डस् चितवन, नेपाल रेडक्रस सोसाइटी चितवन, गिर्मु सिटी, राहत संकलन तथा वितरण समिति रामनगर, रोटरी क्लब अफ चितवनलाई समेत महानगरपालिकाले नगरसभाको बन्दसत्रमा सम्मान गरेको हो ।
त्यसैगरी, विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्ने पोखरा फाइनान्स लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था, भरतपुर १० का लेखनाथ अधिकारी, विकू सहकारी संस्था, किसान सहकारी संस्था, नवविवाहित दम्पती प्रवेश पौडेल र सृष्टि भुसाल तथा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समेत महानगरपालिकाले सम्मान गरेको हो । चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, वडा नम्बर १४ कार्यालय र महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेश चन्द्र अधिकारीलाई समेत कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापनमा सहयोग गरेवापत महानगरपालिकाले सम्मानपत्र सहित सम्मानित गरेको हो ।
महानगरपालिकाले १४ जना उत्कृष्ट कर्मचारीलाई समेत नगरसभाको अवसरमा सम्मानित गरेको छ । महानगरले सुजन श्रेष्ठ, सुकबहादुर दर्जी, सन्तोष आचार्य, टीकाराम कँडेल, अविरल पोखरेल, अर्जुन पाठक, प्रकाश शाह्ी, बालकृष्ण थपलिया, सचिना पौडेल, केशव भट्ट, कृष्ण तामाङ, मेघराज भट्टराई, ठाकुरप्रसाद पौडेल र रचनासिंह ठकुरीलाई सम्मानित गरेको हो । महानगरको सबै क्षेत्रका कर्मचारी समेटिनेगरी उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।
नगरसभाकै अवसर पारेर महानगरपालिकाले सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता भरतपुर १५ की मिनु गुरुङ र तेक्वान्दोमा स्वर्ण पदक विजेता भरतपुर १६ की संगीता बस्याललाई ७५ हजार रुपैयाँका दरलले सम्मान गरेको छ । त्यस्तै, भारतोलनमा कास्य विजेता भरतपुर ६ का कमलबहादुर अधिकारी, भरतपुर ७ का पुकार गुरुङ, भरतपुर १० का सन्देश गुरुङ, भारतोलनका मुख्य प्रशिक्षक राम पौडेललाई २५ हजारका दरले सम्मान गरेको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताउनुभयो । त्यस्तै, राष्ट्रिय खेलकूदमा लङजम्पतर्फ स्वर्ण पदक विजेता भरतपुर २७ का भुवन महतोलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
राष्ट्रिय खेलकूदमा नै बक्सिङतर्फ रजत पदक प्राप्त भरतपुर २ का भूमिलाल श्रेष्ठ, भलिबलतर्फ रजत प्राप्त गर्ने भरतपुर २७ की आरती सुवेदी र भलिबलकै रजत पदक प्राप्त गर्ने भरतपुर २७ की रजना महतोलाई महानगरपालिकाले ३० हजार रुपैयाँसहित सम्मानित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०७७, १७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य