पाकिस्तान र बंगलादेशका कामदारलाई दक्षिण  कोरियामा प्रतिबन्ध

पत्रपत्रिकाबाट

मंगलबार, ०९ असार २०७७, ०७ : ५१
पाकिस्तान र बंगलादेशका कामदारलाई दक्षिण  कोरियामा प्रतिबन्ध

काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरिया  पुगेका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोनाभाइरस संक्रमण भेटिएपछि  प्रतिबन्ध लगाइएको छ । 

शनिबार र आइतबार दुबै देशबाट आएका ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुबै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया जान प्रतिबन्ध लगाइएको हो ।

संक्रमणको जोखिमका कारण ती देशबाट कोरिया आउन भिसा लगाएको हरुको पनि भिसा रद्द गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस