काठमाडौं । स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या ५४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै