काठमाडौँ । बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् ।
बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् ।
तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।
कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बत(ाउनुभयो । उहाँले गर्भवती, सुत्केरी एवं मिर्गौलाका बिरामीका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको सुनाउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ असार २०७७, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो
बाजुरामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार